Block A Single room
A private room for one, with a window, a study table and a cupboard that locks.
- Single bed with mattress
- Study table and chair
- Lockable cupboard
- Shared bathroom on the floor
Clean rooms, home-cooked dal bhat twice a day, fast Wi-Fi and a quiet place to study — in two safe blocks close to colleges and offices.
All Nepal Hostel has been a second home for students and young professionals in Kathmandu. We run two buildings, Block A and Block B, a short walk from each other.
Our wardens live on site, meals are cooked fresh every day in our own kitchen, and the study hall stays quiet until late — so you can focus on your exams, your job and your future.
Every room comes with a bed, mattress, study table and cupboard. Tap “Book” to ask about a room on WhatsApp.
Block A A private room for one, with a window, a study table and a cupboard that locks.
Block A A bright room shared by two, with a bed, table and cupboard for each person.
Block B A spacious room for three friends or classmates, with lots of daylight.
Block B Our most affordable option: Four Single beds in a large, airy room.
Fast fibre internet in every room and the study hall.
Dal bhat for lunch and dinner, plus morning tea and snacks.
Solar and electric hot water, all year round.
Washing machine and drying space on the roof.
Cameras at every entrance and a warden on site 24/7.
A quiet study hall with desks, open until 11 PM.
Inverter backup keeps lights and Wi-Fi on during power cuts.
Filtered drinking water on every floor.
Genral First aid kit available on Emergency case
बसुन्धरा क्षेत्रको उत्कृष्ट होस्टेल, गुणस्तरीय खाना र राम्रो वातावरण सहित
सफा कोठा, स्वादिष्ट खाना र शान्त वातावरण भएको धेरै राम्रो केटाहरूको होस्टेल। कर्मचारीहरू मिलनसार र सहयोगी छन्। बस्नको लागि उत्कृष्ट ठाउँ। अत्यधिक सिफारिस गरिएको! 👍 …
विद्यार्थीहरूको लागि सबैभन्दा उपयुक्त ठाउँहरू मध्ये एक....मलाई यो मन पर्यो...
Simply The Best Hostel In The Town, My Brother were stayed here..... Good Discipline..
1. एउटा कोठामा कति जना बस्नुपर्छ?
> होस्टेलको प्रकार अनुसार एउटा कोठामा २ देखि ६ जना वा सोभन्दा बढी बस्ने गरी ओछ्यान (Beds) मिलाइएको हुन्छ। तपाईँले आफ्नो रोजाइअनुसार कोठा छान्न सक्नुहुन्छ।
2. बिस्तारा र तौलिया होस्टेलले नै दिन्छ?
> ओछ्यान, सिरक-डस्ना र तकिया होस्टेलले नै उपलब्ध गराउँछ। तर, तौलिया र व्यक्तिगत सामानहरू भने आफैँले ल्याउनुपर्ने हुन्छ।
3. बस्नुअगाडि कोठा हेर्न पाइन्छ?
> हो, बैना (Advance Deposit) बुझाउनुअघि होस्टेलमै गएर कोठा र त्यहाँको वातावरण हेर्न सकिन्छ।
4. होस्टेल शुल्कमा के-के कुराहरू समावेश हुन्छन्?
> मासिक शुल्कमा कोठाको भाडा, खाना (बिहानको खाजा, खाना र बेलुकाको खाना), वाइफाइ, बिजुली, पानी र लुगा धुने (Laundry) सुविधा समावेश हुन्छ।
5. • पाहुना वा साथीहरूलाई भेट्न ल्याउन पाइन्छ?
> पाहुनाहरूलाई स्वागत कक्ष (Reception) वा साझा कोठा (Common Area) मा मात्र भेट्न पाइन्छ। बस्ने कोठाभित्र साथी वा पाहुना लैजान पाइँदैन।
6. धुम्रपान र मदिरा सेवन सम्बन्धी के नियम छ?
> होस्टेल परिसरभित्र मदिरा, लागुपदार्थ र धुम्रपान पूर्ण रूपमा निषेध गरिएको हुन्छ।
१. सम्पर्क फारम र परिचयपत्र: विद्यार्थीले अनिवार्य रूपमा अभिभावकको उपस्थिति वा मञ्जुरीनामा तत्काल सम्पर्क गर्ने फारम भर्नुपर्नेछ । फारम भर्दा अनिवार्य रूपमा फोटो, परिचय खुल्ने गरी Citizenship/License/ID Card को फोटोकपी संलग्न गर्नुपर्नेछ ।
२. समय व्यवस्थापन: कलेज/इन्स्टिच्युटको समयावधि बाहेकको सम्पूर्ण समयको व्यवस्थापन होस्टल व्यवस्थापन/प्रशासनले तोके अनुसार हुनेछ ।
३. अनुमति र बिदा: विद्यार्थीहरुले होस्टलदेखि बाहिर जानु परेमा होस्टल व्यवस्थापनको अनुमति लिई लग-बुक भर्नुपर्नेछ । राती बस्ने गरी तथा लामो समयको लागि जानु परेमा अभिभावकको अग्रिम अनुमति लिई बिदा फारम भरि जानुपर्नेछ ।
४. होस्टल प्रवेश समय: विद्यार्थीहरु जाडो महिनामा बेलुकी ६:३० बजे र गर्मी महिनामा बेलुकी ७:३० बजे भित्र होस्टल प्रवेश गरिसक्नुपर्नेछ ।
५. भेटघाट सम्बन्धी नियम: फारममा उल्लेखित गरिएका स्थानीय अभिभावक तथा बुबा आमालाई मात्र विद्यार्थी भेट्न अनुमति दिइनेछ । उच्च विशेष परिस्थितिमा होस्टल व्यवस्थापन / प्रशासनको अनुमति लिई भेट्न सकिनेछ ।
६. कोठामा आगन्तुक प्रवेश निषेध: पहिलो पटक विद्यार्थी भर्ना गर्दादेखि बाहेक कुनै पनि अभिभावक तथा आगन्तुकहरूलाई सिधै कोठामा लान पाइनेछैन ।
७. बहुमूल्य सामान र सुरक्षा: विद्यार्थीहरुले महङ्गा गरगहना, नगद तथा अन्य बहुमूल्य सामानहरु होस्टलमा राख्न पाइने छैन । राखेर हराएको खण्डमा होस्टल व्यवस्थापन जवाफदेही हुनेछैन ।
८. निषेधित कार्य र दुर्व्यसन: होस्टलमा विद्यार्थीहरुले मद्यपान, धुम्रपान, मादक पदार्थ, लागु औषध सेवन तथा फोहोर मैला र कानूनले निषेध गरेका गैरकानुनी क्रियाकलाप गर्न/गराउन पाइनेछैन । यदि गरेको पाइएमा होस्टल व्यवस्थापनले तुरून्त निष्कासन समेत गर्नसक्नेछ ।
९. भौतिक सम्पत्तिको सुरक्षा: होस्टलका भौतिक सम्पति तोडफोड गरेमा वा हानी नोक्सानी गरेको पाइएमा सोही महिनाको शुल्क र विगो अनुरूपको हर्जना शुल्क लिई निष्कासन समेत गर्नसकिनेछ ।
१०. शुल्क भुक्तानी र हर्जना: विद्यार्थीले अग्रिम मासिक शुल्क प्रत्येक महिनाको ५ गते भित्र बुझाई सक्नु पर्नेछ अन्यथा दैनिक रु. ५०/- का दरले हर्जना थप गरी ७ दिन भित्रमा बुझाउनु पर्नेछ । यसरी १५ दिनसम्म पनि नबुझाएमा होस्टल व्यवस्थापनले अन्तिम चेतावनी दिई निष्कासन समेत गर्न सकिनेछ ।
११. शान्ति सुरक्षा र अनुशासन: होस्टलमा हो-हल्ला, झगडा, अरुको कोठामा जाने, अरुको सामान चलाउने र अरु छरछिमेकलाई बाधा पुग्ने कुनै कार्य गर्न र गराउन पाइनेछैन । त्यस्तो भएमा निष्कासन समेत गर्न सकिनेछ ।
१२. निष्कासनमा शुल्क फिर्ता नहुने: बुँदा नं ८, ९, १० र ११ अनुरूप निष्कासित विद्यार्थीहरुले तिरेका कुनै पनि शुल्क र धरौटी रकम फिर्ता हुनेछैन ।
१३. खानाको तालिका: विद्यार्थीहरुलाई संस्थाको तालिका (Time and Menu) अनुसार खुवाइनेछ । तर बिरामी भएको अवस्थामा थोरै सुविधा दिन सकिनेछ ।
१४. लामो बिदामा शुल्क छुट: यदि विद्यार्थी लगातार १५ दिनभन्दा बढी होस्टलमा नरहेको खण्डमा (छुट्टिमा बसेमा) एक तिहाईको हिसाबमा मासिक शुल्क घटाइने छ (जस्तै: मासिक शुल्क x १/३ x १/३० x छुट्टिमा बसेको दिन) र यो सुविधा वर्षमा एक पटक मात्र पाइनेछ तर छोटो अवधिका (३ महिनासम्म) विद्यार्थीका हकमा भने यो नियम लागु हुनेछैन ।
१५. चाडपर्व बिदा: दशैं देखि छठ सम्म होस्टल बिदा हुनेछ । दसैं र तिहारको बीचमा पढाई हुने कलेज / इन्स्टिच्युटका लागि विद्यार्थी र होस्टल व्यवस्थापनको आपसी समझदारीमा हुनेछ । तर होस्टल व्यवस्थापन होस्टल सञ्चालन गर्न बाध्य हुनेछैन ।
१६. होस्टल छोड्ने पूर्व जानकारी: विद्यार्थीले होस्टल छोड्ने १५ दिन अगाडी नै होस्टल व्यवस्थापनलाई जानकारी गराउनु पर्नेछ, अन्यथा विद्यार्थीले राखेका धरौटी रकम लगायत कुनै पनि शुल्क होस्टल व्यवस्थापनले फिर्ता गर्न बाध्य हुनेछैन ।
१७. भर्ना शुल्क र बिचमा छोड्दाको नियम: भर्ना शुल्क बापत लिएको शुल्क कुनै पनि अवस्थामा फिर्ता हुनेछैन । साथै अकारणिक रूपमा पुरा महिना होस्टल बस्न नसक्ने भएमा दैनिक शुल्क होस्टल व्यवस्थापनले तोके बमोजिम हुनेछ ।
१८. दुर्घटना र भवितव्यमा जवाफदेही नहुने: कुनै पनि भवितव्य घटना जस्तै आत्महत्या, होस्टल बाहिर भएको समयमा बेपत्ता, सम्पर्क विहीन, सडक दुर्घटना, विद्यार्थीले भागेर विवाह गरेको खण्डमा होस्टल संचालक जवाफदेही हुनेछैन ।
१९. वार्षिक शुल्क वृद्धि: बजारमा हुने मूल्य वृद्धि, घर भाडा तथा मुद्रा स्फिती दरलाई मध्यनजर गर्दै वार्षिक रूपमा मासिक शुल्क वृद्धि हुनेछ ।
२०. समस्या समाधान र समन्वय: विद्यार्थीहरुलाई माथि उल्लेखित बाहेक केही समस्या परेमा होस्टल व्यवस्थापनसँग समन्वय गरी समाधानको उपाय अवलम्बन गर्न सकिनेछ ।
२१. अनिवार्य भर्ना फारम: विद्यार्थीले अनिवार्य रूपमा नेपाल होस्टल संघले जारी गरेको भर्ना फारम भर्नु पर्नेछ ।